नेभिगेशन
समाचार

इन्धनको मूल्यवृद्धिको विरोधमा संसदमा एमालेद्वारा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ —प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले इन्धनको मूल्यवृद्धिमाथि छलफलको माग गर्दै राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल प्रस्तावक रहेको उक्त प्रस्ताव राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाललाई बुझाएर दर्ता गरिएको हो । प्रस्तावमा स्वचालित कार्यविधिअनुसार परल मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध पछिल्लो समय सरकारले साता दिनभित्रै दुईपटक पेट्रोलियमको मूल्य बढाइएको भन्दै त्यो फिर्ताको माग गरिएको छ । जरूरी सार्वजनिक महत्त्वको प्रस्ताबमा सरकारसँग मूल्यवृद्धि न्यूनीकरणका लागि भएका प्रयासको खाका, मूल्यवृद्धिका कारण प्रभावितको जनजीवन सहज बनाउनेबारे सरकारका योजनालगायतबारे जानकारी पनि माग गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार