नेभिगेशन
समाचार

ललितपुरको प्रमुखमा नर्वाचित चिरीबाबु महर्जनले लिए शपथ

काठमाडौं - ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेपाली कांग्रेसका चिरीबाबु महर्जनले शपथ ग्रहण गरेका छन् । बुधबार आयोजित एक समारोहमा महर्जनसहित अन्य जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका हुन् । महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्दै महर्जनले आफूले थालेका पुराना योजनाहरू पुरा गर्दै लाने बताए । उनले अब आफलेू समग्र महानगरको विकास र महानगरवासीका समस्या समाधान गर्न तर्फ ध्यान दिने बताए । स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा महर्जनले ४२ हजार ७२२ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाएका छन् । यस्तै नगर उपप्रमुखमा एमालेकी मञ्जली शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भएकी छिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार