नेभिगेशन
समाचार

कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गर्‍यो - गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अव पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले सो कुरा गरेका हुन् । उनले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अव आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए । उनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गरेको दावी गरे । उनले यसपटकको स्थानीय निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भएको बताए । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिलेको परिणाम आएको उनको भनाई छ । महामन्त्री थापाले अव मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरि अघि बढ्नुपर्ने तर्क गरे । त्यस्तै उनले अवको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले बिशेष ध्यान दिने बताए । उनले स्थानीय तहमा पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न जनप्रतिनिधिहरु गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार