नेभिगेशन
जीवनयापन

२५ वर्षपछि पोखरामा एमालेको किल्ला भत्कियो, मेयरमा नेकपा एसका आचार्य निर्वाचित

काठमाडौँ– कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयरमा निर्वाचित भएका छन् । नेकपा एमालेको किल्ला भत्काउँदै आचार्य मेयरमा निर्वाचित भएका हुन् । एमालेका मेयरका उम्मेदवार कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य विजयी भए । पोखरामा सत्तारुढ पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल भएको थियो । आचार्य ५८ हजार ८९३ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका थापाले ५२ हजार ८४८ मत प्राप्त गरे । निर्वाचन भएको १२औं दिन बुधबार बिहान १ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो । आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । ६० हजार ५४६ मत ल्याएर उपमेयरमा गुरुङ विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना