नेभिगेशन
समाचार

एमालेका उम्मेदवारले आफ्नै मत पनि सुरक्षित राख्न नसकेको जगन्नाथ पौडेलको भनाई

चितवन - भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफूले एमालेको मत काटेको नभइ एमालेका उम्मेदवारले आफ्नै मत पनि सुरक्षित राख्न नसकेको बताएका छन् । मंगलबार भरतपुरको मेयरमा पराजित भएपछि पौडेलले सो कुरा बताए । एमालेले पराजित हुनुमा मौन अवधिमा सत्ता र शक्तिको दुरुपयोग हुनु, तालमेल गरिएको दल राप्रपाले सहयोग नगर्नु र असन्तुष्ट कांग्रेसीबाट आउने भोट पौडेलले रोक्नु मुख्य कारण भएको बताउदा पौडेलले आफूले एमालेको भोट नकाटेको बताएका हुन् । पौडेलले एमालेको २५ प्रतिशत मत पाँच दलीय गठबन्धनको उम्मेदवारलाई गएको बताए । उनले भने, ‘मलाई सुरूमा माओवादीले हाम्रो मत काट्नलाई उठे भने । अहिले होइन भनिरहेका छन् । आफूले पराजय भोग्नुपर्ने भएपछि एमालेले पनि त्यही आरोप मतिर तेर्साए । तर, वास्तविकता त्यस्तो होइन । मलाई कसैले उठाएको होइन, म आफैँ उठेको हुँ ।’ एमालेका २५ प्रतिशत मतदाताले गोलाकारभित्रको हँसिया हथौडामा मतदान गरेको पनि उनको भनाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार