काठमाडौँ– लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ । १५औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्याका अवसरमा शनिबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित समारोहमा सरकारका मुख्यसचिव शंकरदास वैरागी, कीर्तिमानी आरोहीहरू कामीरिता शेर्पा र मिङ्मा शेर्पाले पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तक लेख्नु गाह्रो काम भए पनि लेखक गौतमले…