आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

फिल्म ‘के घर के डेरा’को टिजर

काठमाडौं– दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म 'के घर के डेरा'को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजर बिहीबार युट्युब च्यानल 'जीटुवान'मार्फत सार्वजनिक गरिएको हो । सिंगे लामाको कथामा बनेको फिल्म कमेडी जनरामा छ । फिल्ममा महेश दवाडीको लेखन छ भने फिल्मलाई शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले संयुक्त रूपमा निर्माण गर्नुभएको हो ।…