काठमाडौँ– अमेरिकामा हुने विश्वकप लिग टु एकदिवसीय क्रिकेट अन्तर्गतको त्रिदेशीय सिरिज खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमकाबीच अमेरिकाको टेक्ससमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाइ गरेको हो । टिम आजै अमेरिका प्रस्थान गर्नेछ। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द…