काठमाडौँ– काठमाडौँको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साह (बालेन) ले धन्यबाद र्याली आयोजना गरेका छन् । विहान विजय घोषणा भएलगत्तै राष्ट्रियसभागृहबाट र्याली सुरु भएको हो । र्याली भद्रकाली-त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुलीबजार-युएनपार्क कोरिडोर- शान्तिनगर-तीनकुने-कोटेश्वर-जडिबुटी-पेप्सीकोला हुँदै सिनामंगल-एअरपोर्ट-तिलगंगा-गौशाला-चावहिल-महाराजगञ्ज-सामाखुसी-नयाँ वसपार्क-बालाजु-स्वयम्भू-सीतापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालिमाटी-टेकु-सुन्धारा हुँदै खुलामञ्चमा धन्यबाद सभा गरिने उनका समर्थकले बताएका छन् । र्यालीमा ठूलो संख्यामा उनका समर्थकहरू उपस्थित भएका छन् । मेयरमा पराजित भएका स्वतन्त्र…