असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

चुट्किला: हुन्न सर ?



कक्षामा श्रीकृष्ण अलि चञ्चल स्वभावको थियो । एकदमै होहल्ला भइरहेको बेलामा सर पढाउन आउनुभयो । यस्तो हल्ला देखेर भन्नुभयो— कृष्ण‚ तिमी हल्ला नगरी शान्तिसँग बस त ।

श्रीकृष्णले भन्यो— आज शान्ति आएकी छैन‚ राधासँग बस्छु हुन्न सर ?

चढ्दै झर्दै

एक जना पागल सैनिक टे्रनिङ स्पटमा पुगेछ । त्यहाँ हरेक सैनिक प्रशिक्षणमा व्यस्त थिए । त्यहाँ एउटा सानो पर्खाल बनाइएको थियो । सबै सैनिक त्यो पर्खाल सकी नसकी चढ्दै झर्दैर्ै गरेको देखेछ त्यो पागलले । अनि त्यो पागलले भनेछ— कस्ता पागलहरु रहेछन् तलबाट जाने बाटो हुँदाहुँदै त्यही पर्खाल सकी नसकी चढ्दै झर्दै गर्दा रहेछन् ।

साभार  : ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार  १ : ०३ बजे