श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरु



काठमाडौं – सरकारले चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न १४ निर्णय सुनाएका छन् ।

प्रवक्ता कार्कीले ख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको बताएका छन् । यस्तै बैठकले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययन सम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ ।

यस्तै दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा बलरा नगरपालिका सर्लाहीका सञ्जीव झालाई नियुक्त गर्ने पनि उक्त बैठकले निर्णय गरेको छ । यस्तै सरकारले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाईलाई नियुक्त गरेको छ ।

श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीका पदहरुमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय गरेको छ। बैठकका अन्य निर्णयहरु तालिकामा रहेका छन् ।

प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार  ४ : ०१ बजे