काठमाडौँ– मौसम सफा नहुँदा आज पनि काठमाडौँबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।
कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने नियमित उडानहरु आज बिहानैदेखि प्रभावित भएका छन् ।
बिहानैदेखि काठमाडौँको मौसम धुम्मिएको छ । जसका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
मौसम सफा नहुँदा हिजो पनि काठमाडौंबाट हुने उडान अवतरण प्रभावित भएको थियो ।
प्रतिक्रिया