श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

चुट्किला: त्यो पनि उल्टो



(पढ्न गएर आएको नातिसँग कुरा गर्दै हजुरबुवा)
हजुरबुवा : कति पढिस् नाति ?
नाति : बी.ए. हजुरबुवा ।
हजुरबुवा : थुक्क उल्लु । यतिका वर्ष लगाएर जम्मा दुईवटा अक्षर पढिछस् त्यो पनि उल्टो ।

*********

एकजोडी नवविवाहित दम्पत्ति शहर जान बसमा चढे । बसमा अत्यन्त भीड थियो र उक्त युवकले युवतीलाई अँगालो मारेर उभिएको थियो । त्यो देखेर कण्डक्टरले भन्यो—
कण्डक्टर : ए भाइ ! बस्ने ठाउँ नभए पनि ती युवतीलाई अलि राम्रोसँग उभिन त दिनोस् ।
युवक : अघि तपाईंले नै भन्नुभएको होइन‚ आफ्नो सामानको सुरक्षा आफैले गर्नुपर्दछ भनेर त्यसैले ।
साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : चैत्र १४, २०७८ सोमबार  २ : ४० बजे