काठमाडौं – झराना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ४’लाई लिएर अहिले धेरै दर्शक उत्साहित भएका छन् ।
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको यस फिल्मको ट्रेलर पनि एक दिनअघि सार्वजनिक भइसकेको छ । ट्रेलरलाई दर्शकले रुचाएका छन् । ट्रेलरमा प्रेम, रोमान्स, विछोड, कमेडी मिसिएको छ । फिल्म आउँदो बैशाख १ गते प्रदर्शनमा आउने भएको छ ।
तर सोही दिन साउथ स्टार यशको फिल्म केजिएफ २ पनि प्रदर्शनमा आउँदैछ । केजिएफ २ लामोसमयदेखि कोरोनाभाइरसका कारण प्रदर्शनमा आउन सकिरहेको थिएन । तर अब यी दुई फिल्मको भिडन्त हुने भएको छ ।
फिल्म ए मेरो हजुर ४ मा रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
प्रतिक्रिया