आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचनमा पार्टीलाई ‘तात्विक’असर गर्दैन



काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दूवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् ।

देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए ।

उनले भने, ‘१०/२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’ २०७४ मा भन्दा बढी स्थानीय तहमा पार्टीले विजय हाँसिल गर्ने पनि उनको दाबी छ ।

प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार  ६ : १९ बजे