असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

रेखा थापालाई राप्रपाले बनायो चितवनको चुनाबी कमाण्डर



नायिका रेखा थापाले स्थानिय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट चितवनको कमाण्ड सम्हाल्ने भएकी छन् । राप्रपाको केन्द्रिय पदाधिकारी बैठकले उनलाई चितवनको कमाण्डर तोकेको हो ।

चितवन माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको गृह जिल्ला हो । रेखा प्रचण्डकै गृहजिल्लामा राप्रपाको कमाण्ड सम्हाल्दै चुनाव केन्द्रीत कार्यक्रममा लाग्नेछिन ।

राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदबार छनौट, बिभिन्न अभियानका लागि बिभिन्न जिल्लामा केन्द्रिय प्रतिनिधी खटाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार  ८ : ४० बजे