श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

बिबाद नसेलाउँदै पुजाको प्रेम चर्चा !



पुजा शर्मा, चर्चा र बिबाद एक अर्काका पर्याय जस्तै बनिसकेका छन् । जहाँ पुजा उभिन्छिन कि त चर्चा हुन्छ कि त विवाद ।

पल शाह प्रकरणमा उनले दिएको अभिब्यक्तिले विवाद निम्त्यायो । धेरैले उनको आलोचना गरे । उक्त बिबाद मत्थर नहुँदै पुजाको प्रेम चर्चा फेरी शुरु हुन थालेको छ । हुन त केही समयदेखि पुजा एक युवकको प्रेममा रहेको चर्चा नचलेको होइन । युद्ध बानियाँको प्रेममा पुजा रमाइरहेको गसिप आइरहे । यद्यपी उनीहरुले न त खुलेर प्रेम स्वीकार गरे, न त एकसाथ कतै देखिए ।

अब भने यि दुई केही खुल्न थालेका छन् । शनिबार पुजा चितवनका दर्शकहरु माझ आफ्नो चलचित्र म यस्तो गीत गाउँछु २ को प्रमोशनका लागि पुग्दा उनका प्रेमी भनिएका युद्ध पनि सँगै थिए । बुझिए अनुसार पुजा मोफसलको टुरमा निस्कदा युद्ध पनि काठमाडौंबाट नै सँगै छन् । उनीहरु शनिबार हलमा पनि एकसाथ पुगेका थिए । जहाँ उनीहरुले सँगै फोटो खिचाए । गहुँगोरो अनुहार र खाइलाग्दो ज्यानका युद्धसँग सेल्फि खिच्न दर्शकहरु पनि आए । धेरैले त उनलाई पुजासँग देख्दा नायक आकाश श्रेष्ठ नै सम्झिएछन् ।

हेर्न बाँकी छ अब पुजा आफ्नो प्रेमबारे खुल्छिन कि अझै टार्ने कोसिस गर्छिन ।

 

तस्बिरमा – नायिका पुजा शर्माका साथ युद्ध बानियाँ । तस्विरः रवि अधिकारी, नमस्ते टिभी

प्रकाशित मिति : फाल्गुन २२, २०७८ आइतबार  ६ : १८ बजे