जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभाको बैठक १७ माघमा बस्ने  



काठमाडौं – राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । 

यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो । 

सूचना 

राष्ट्रिय सभाको बैठक सम्बन्धी सूचना राष्ट्रिय सभाको मिति २०७८ साल माघ २ गते आइतवारको सूचना मार्फत अर्को सूचनाद्वारा तोकिने मिति र समयमा सभाको बैठक बस्नेगरी सूचना गरिएकोमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

डा. भरतराज गौतम 
संघीय संसदको महासचिव

rr.jpg

प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार  ८ : ३५ बजे