जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस कार्यालयमा मुख्य सचिव रिक्त



काठमाडौं – नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो । 

बुधबार भएको राष्ट्रिय सभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै कांग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । 

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनीतबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र गोपाल बस्नेतको नाम अस्वीकृत गरेकी थिइन् । बस्नेत पनि प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार  ७ : ४५ बजे