असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  



काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ९५ पैसा तोकिएको छ । 

एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ २१ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३४ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ३६ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६२ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैया ६६ पैसा तोकिएको छ। 
 
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ३ पैसा तोकिएको छ।  
 
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ५१ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ५ पैसा रहेको छ । 

mm.jpg

प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार  ४ : ०७ बजे