जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वास्तविकतामा देखियो ‘पुष्पा’मा प्रस्तुत गरिएको दृश्य, संलग्न ५८ जना जंगलबाट समातिए



काठमाडौं – साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गर्न सफल भयो। गत डिसेम्बर १७ मा रिलिज भएको यस भारत मात्र होइन नेपालमा पनि राम्रो कमाई गर्न सफल भयो । फिल्मले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पनि पायो । 

फिल्ममा अल्लुको फरक अभिनय रअभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले निकै मनपराए । सुकुमारको निर्देशनमा बनेको यस फिल्ममा रक्त चन्दन तस्करीको कथा देखाइएको छ । 

फिल्ममा ‘पुष्पा’को भूमिकामा रहेका अल्लुले रक्त चन्दन तस्करीमा पुलिसको आँखा छलेको देखाइएको छ । तर, फिल्ममा देखाइएको रक्तचन्दन तस्करी दृश्य वास्तवमा नै देखिएको छ । 

वास्तवमा रक्तचन्दन तस्करी गरिएको भन्दै संलग्न ५८ जनालाई नेल्लोर पुलिसले पक्राउ गरेको भारतिय मिडियामा जनाइएको छ । संरक्षित जंगलमा रक्तचन्दनका रुख काटिरहेको बेला उनीहरुलाई पुलिसले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा ५५ जना मजदुर र तीन जना तस्कर रहेको बताइएको छ । आन्ध्र प्रदेश पुलिसले तस्करहरुलाई रापुरको जंगलबाट नियन्त्रणमा लिएको बताइएको छ । तस्करीमा मुख्य नाइके भेलोर दामू चित्तुर जिल्लाको रहेको बताइएको छ । जंगलमा उनीहरुले पुलिसमाथि ढुङ्गा र बञ्चरोले हान्ने प्रयास पनि गरेका थिए । 

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  ३ : १३ बजे