काठमाडौं – गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो गोरखाको मनकामना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
दिउँसो ४ बजेर ५४ मिनेटमा गएको उक्त भूकम्पले गोरखा आसपासका जिल्ला हल्लाएको थियो ।
भूकम्पका कारण कुनै क्षति नभएको जनाइएको छ । बुधबार दिउँसो गएको यस भूकम्प २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको जनाइएको छ ।
प्रतिक्रिया