असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

भारतकाे ७३ औं गणतन्त्र दिवस: गुगल र माइक्रोसफ्टका सीइओ पद्म भूषणबाट सम्मानित



एजेन्सी – भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सीइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषणपछिको भारतको तेस्रो ठूलो सम्मान हो । 

७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् ।  मद्रासमा १० जुन १९७२ मा जन्मिएका  पिचाईले पश्चिम वंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्नातकोत्तर गरेका हुन् ।

त्यस्तै,माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ नाडेलको जन्म सन् १९६७ को १९ अगस्टमा हैदराबादमा भएको थियो । सरकारले यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरेको छ । 

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  ९ : ०२ बजे