काठमाडौँ । उ जितेर गई या हारेर गईका गायक राज सिग्देलको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । बिनम खत्रीका शब्द शृजना रहेको गीतमा मन राज गुरुगंको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।
लामो समयदेखि प्रेममा रहेको जोडीको ब्रेकअप र प्रेममा आएको उतारचढावपछि प्रेमीले भोगेको विसम परिस्थितीलाई भिडियोमा निर्देशक मन राज प्ल्हेमे गुरुङले कलात्मक शैलीले देखाएका छन् । जापानका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अनु मगर ,योकृस सुवेदी,राम (लक्की) खत्री र सिबा सुवेदी गल्कोटे साइलो को अभिनय देख्न सकिन्छ ।
समय र परिस्थितिमा रुमालिएको विवश मायाको कथालाई रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली युवाहरुको समुहले बजारमा ल्याएको भिडियोको छायांकन र सम्पाद विनम खत्रीले गरेका हुन् ।
रोजगारीको सिलसिलामा परवासमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको उत्थान र प्रर्वद्धनमा लागिपरेका होनाहार युवाहरुको यो कदमको नेपालमा चर्चा सुरु भएको छ ।
निर्माण यूनिटले भोलीका दिनमा पनि भिडियो निर्माणमा निरन्तरता दिने बताउँदै आफ्नो युट्युब च्यानल आरपीएन एचडी रेड पाण्डा नेपाललाई लाइक सस्क्राइब र कमेन्ट गर्न लागि पनि आग्ह गरेको छ ।
प्रतिक्रिया