जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढ्यो सुनको मूल्य 



काठमाडौं – बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा चार सय रुपैयाँले वृद्धि भएकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनकाे मूल्य पाँच सय रुपैयाँले बढकाे थियाे । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  ५ : ४३ बजे