असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

भारतमा एकैदिन २ लाख ८३ हजार कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?



काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्न थालेको  छ । पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।  
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड ८२ हजार ७ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ९२ जना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९१ हजार १ सय ५४ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ८७ हजार ८ सय ७४ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ७३ लाख ५९ हजार ७ सय ७२ पुगेको छ । सक्रिय संक्रमितको संख्या २२ लाख ३१ हजार ८ सय १६ रहेको छ ।

 

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  २ : ३१ बजे