जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइटम गीतमा नाचेको करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्रीहरु



काठमाडौं – फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।

दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् । उनी एक आइटम गीतका लागि पाँच करोड पारिश्रमिक लिन्छिन् ।

samant sunny nora jyaklin.jpg

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले कैयौं आइटम गीतमा कम्मर मर्काइसकेकी छन् । तर, कमैलाई मात्र थाहा होला कि उनी एक आइटम गीतका लागि तीन करोड पारिश्रमिक थाप्छिन् ।

samant sunny nora jyaklin.jpg

अभिनेत्री सनी लियोनी आफ्नो करियरको सुरुवाती दिनमा एक आइटम गीतका लागि २५ लाख रुपैंयाँ लिन्थिइन् । तर, अहिले भने उनको पारिश्रमिक बढेर तीन करोड पुगेको छ ।

sunny.jpg

अभिनेत्री चित्रांगदा सिंहले केही आइटम गीतमा ठुम्का लगाएकी छन् । यद्यपि, उनले जुन गीतहरूमा नृत्य गरिन्, ती गीत सुपरहिट साबित भए । उनी एक गीतका लागि ६० लाख रुपैंयाँ चार्ज लिन्छिन् ।

chitrangada singh.jpg

अभिनेत्री कटरीना कैफले ‘चिकनी चमेली’ र ‘शीला’ जस्ता गीतका लागि ५० लाख पारिश्रमिक लिएकी छन् । उनले फिल्म ‘धुम ३’ पछि आफ्नो आइटम पारिश्रमिक बढाएकी छन् ।

chitrangada singh.jpg

‘दिलबर’ देखि ‘साकी-साकी’सम्म नोरा फतेहीले कयौं आइटम नम्बर गरिसकेकी छन् । उनी एक आइटम गीतका लागि ५० लाख पारिश्रमिक लिन्छिन् ।

chitrangada singh.jpg

प्रकाशित मिति : माघ १०, २०७८ सोमबार  ४ : १० बजे