जेठ १२, २०७९ बिहीबार | Fri May 27 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी अध्यक्षलाई मैले उतैबाट भनेको थिएँ, महासचिवमा मेरो स्वाभाविक दाबी छ – वर्षमान पुन



काठमाडौं – नेकपा माओवादी केन्दका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताएका छन् । थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग सो कुरा गरेका हुन् ।

उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको बताए । उनले भने – ‘सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ ।’

नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए । 

उनले भने – ‘प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेको छ, जिम्मेवार राजनीतिक दलकारुपमा त्यसमा उसले पुनः विचार गरोस् । लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस् ।’  

प्रकाशित मिति : माघ १०, २०७८ सोमबार  ३ : ४१ बजे