जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेकु अस्पतालमा भोलिदेखि पुन: खोप अभियान सञ्चालन  



काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारदेखि खोप अभियान फेरि सञ्चालन हुने भएको छ । मंगलबारदेखि पुन: खोप अभियान सञ्चालनमा आउने बारे अस्पतालले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । 

अस्पतालले जारी गरेको विज्ञप्तिमा काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ । 

पछिल्लो समय नयाँ भेरियन्ट ओमिक्रोनसहितका कोरोना संक्रमित बढ्न थालेपछि खोप लगाउनेहरुको भीड अस्पतालमा बढ्न थालेको छ ।

t.jpg

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि खोप अभियान रोकिएको थियो। 
 

प्रकाशित मिति : माघ १०, २०७८ सोमबार  २ : ५६ बजे