काठमाडौं – अभिनेत्री शिल्पा पोखरेल पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त हुन थालेकी छन् । नेपाली फिल्ममा कम अफर आउन लागेपछि भोजपुरी फिल्ममा अभिनय गर्न थालेकी शिल्पा कोरोना कहरमा पनि व्यस्त छिन् । अब उनले दुई भोजपुरी फिल्ममा अभिनय गर्ने पक्का भइसकेको छ ।
उनले फिल्ममा भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुआसँग रोमान्स गर्नेछिन् । उनले अभिनय गर्ने ‘निरहुआ चलल लण्डन २’ र ‘हनुमान की गली’ मा भूमिका मूख्य नायिकाको रहेको छ ।
यस फिल्मलाई निर्देशक सोनु खत्रीले निर्देशन गर्नेछन् । फिल्ममा शिल्पासँगै आम्रपाली दुवे, देव सिंह, अनुप अरोरा, अशी तिवारीलगायतका कलाकारको अभिनय रहनेछ ।
प्रतिक्रिया