काठमाडौ – जावलाखेलमा रहेको सदर चिडियाखाना एक हप्ताको लागि बन्द गरिएको छ । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार एक हप्ताको लागि चिडियाखाना बन्द गरिएको हो ।
यसअघि चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाइने व्यवस्था गरिएको थियो ।
तर पछिल्लो समय संक्रमण तिव्र बनेपछि एक हप्ताको लागि बन्द गरिएको हो । चिडियाखानामा ११० प्रजातिका १ हजार ६८ जीव जनावर रहेका छन् ।
प्रतिक्रिया