जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीएसजीको सानदार जित, रामोसको पहिलो गोल



काठमाडौं – डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) मा पहिलो गोल गरेका छन् । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४-० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् । 

पीएसजीको जितमा मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १-१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्‍याे ।

स्पेनिस डिफेन्डर यसै सिजन रियम मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरिका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् । 

जितपछि पीएसजीले २२ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा ११ अंकको पकड जमाएको छ । रेइम्स भने समान खेलबाट २४ अंक सहित १४ औं स्थानमा छ । 

प्रकाशित मिति : माघ १०, २०७८ सोमबार  २ : ३९ बजे