जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बायर्न म्युनिखसँग दूरी घटाउँदै डर्टमण्ड



काठमाडौं – रोमाञ्चक खेलमा होफेनहेइमलाई ३-२ अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमण्डले शीर्ष स्थानको बार्यन म्युनिखसंगको दूरी तीन अंकमा झारेको छ । 

शनिबार राति भएको खेलमा डर्टमण्डलाई जिताउन एर्लिङ ब्राउट हल्यान्ड र मार्को रेउसले गोल गर्दा डेभिड रौमले आत्माघाती उपहार गोल दिए । 

पराजित होफेनहेइमको लागि आन्द्रेज क्रामारिक र जर्जिन्होले १-१ गोल गरे । जितपछि डर्टमुण्ड २० खेलबाट ४३ अंकसहित दोस्रो स्थानमा  छ। शीर्ष  स्थानको म्युनिखको १९ खेलबाट ४६ अंक छ ।

 

प्रकाशित मिति : माघ ९, २०७८ आइतबार  ३ : ०७ बजे