जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानदार जित निकाल्दै इन्टर शीर्षस्थानमा



काठमाडौं – पुनरागमन सहित भेनेजियालाई शनिबार राति २-१ अन्तरले पराजित गर्दै शीर्षस्थानको इन्टर मिलनले अग्रता पाच अंकको बनाएको छ । इन्टरको १६औं जितमा निकोलो बरेला र इडेन जेकोले १ -१ गोल गरे । भेनेजियाको लागि  थोमस हेन्रीले गोल गरे ।

खेलको १९औं मिनेटमा थोमसको गोलबाट भ्रमणकारी टोली भेनेजियाले अग्रता बनायो । ४०औं मिनेटमा निकोलोले गोल गर्दा पहिलो हाफ १-१ को अवस्थामा सकियो ।खेलको अन्तिम मिनेटमा जेको चम्किदा इन्टरले उपाधी यात्रा थप बलियो बनायो । 

जितसंगै इन्टर २२ खेलबाट ५३ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एसि मिलान  ४८ अंक सहित दोस्रो स्थानमा छ । यता पराजित भेनेजिया भने २२ खेलबाट १८ अंक सहित १७औं स्थानमा छ । 

प्रकाशित मिति : माघ ९, २०७८ आइतबार  २ : ५७ बजे