जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यानचेस्टर सिटी रोकिँदा युनाइटेडको जित



काठमाडौं – इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी रोकिँदा म्यानचेस्टर युनाइटेडले  रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको भ्रमणकारी टोली सिटी साउथह्याम्पटनसँग १-१ को बराबरीमा रोकिएको हो । 

खेलको सातौँ मिनेटमा केली वाल्करको गोलमा घरेलु टोली साउथह्याम्पटनले अग्रता बनायो । ६५औँ मिनेतमा अमेरिक लोपार्टको गोलमा सिटी खेलमा फर्कियो । 

बराबरी नतिजासँगै सिटी २३ खेलमा ५७ अंकसहित शीर्ष स्थानमा यथावत छ । २२ खेलबाट २५ अंकसहित साउथह्याम्पटन १२औँ स्थानमा छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामविरुद्व १-० को जित निकालेको छ ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड निर्धारित ९० मिनेट गोलरहित बराबरीमा रोकिएपनि इन्जुरी समयमा मार्कुस रासफोर्डको निर्णायक गोलमा महत्त्वपूर्ण तीन अंक जोडेको हो । युनाइटेडले २२ खेलबाट  ३८ अंक बनाउँदै  तालिकाको शीर्ष चारमा उक्लिएको छ ।

प्रकाशित मिति : माघ ९, २०७८ आइतबार  २ : १० बजे