जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनिलको ‘को होला त्यो २’ को फिमेल भर्सनमा सुदुरपश्चिमको माया 



काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत को होला त्यो २ को फिमेल भर्सन ‘तिमी आउँछौ की’ भनीको भिडियो सार्वजनिक गरिएको छ ।

शुक्रबार गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गीतमा गायिका सुमन गुरुगंको स्वर रहेको छ । 

गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । को होला त्योको अपार सफलतापछि गायक गिरीले  तिमी आउँछौ की भनीमा सुदुरपश्चिमका एक जोडीको प्रेमी कहानीलाई मोडलद्धय पल शाह र कृष्टिना थापाको माध्यमबाट भिडियोमा देखाएका छन् । 

भिडियोमा पल र कृष्टिना गज्जबसँग खुलेको देख्न सकिन्छ । नयाँ नयाँ लोकेशनमा आफ्ना एक पछि अर्को भिडियोहरु छायांकन गर्दै बजारमा ल्याइरहेका गायक गिरीले तिमी आउँछौ कीमा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने बताए । भिडियोको छायांकन र  निर्देशन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन् ।

 

प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार  ३ : १२ बजे