असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

अभिनेत्री रेखाले आउँदो बैशाखमा अमेरिकी एनआरएनसँग विवाह गर्न लागेको चर्चा



काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले आफ्नो विवाहबारे खुलासा गरेकी छन् । आफ्नो विवाह बारे अभिनेत्री रेखाले नै खुलाएकी हुन् । 

निर्माता छविराज ओझासँग सम्बन्ध तोडिएपछि विवाह बन्धनमा नबाधिँएकी रेखाले  आउँदो वैशाखमा विवाह गर्ने बताइएको छ । उनले अमेरिकी एनआरएनसँग विवाह गर्ने लागेको चर्चा पनि चलेको छ । 
 
उनले एक टेलिभिजन अन्तवार्तामा पत्रकारसँग रेखाले विवाहबारे कुरा गरेकी थिइन् । आफू केटाको खोजीमा रहेको बताउदै उनले आफू जस्तै मन र कुरा मिल्ने केटासँग विवाह गर्ने बताइन् । उनले विवाह गर्ने व्यक्ति इन्डस्ट्रीभन्दा बाहिरको हुने पनि बताएकी थिइन् । 

उनले आफू देशको साधारण मानिस भएकाले आफ्नो विवाह पनि धुमधामले नभई साधारण तरिकाले गर्ने बताइन् । 

प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार  ८ : ०० बजे