जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोर-विजोर प्रणाली लागू



काठमाडौं – कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली लागू गरिने भएको छ । पछिल्लो समय उपत्यकामा तिव्र गतिमा संक्रमण बढेको छ । 

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि उपत्यकामा शुक्रबार रातिदेखि सवारी साधनमा जोर-विजोर प्रणाली लागू गरिने भएको हो । अब उपत्यकामा जोर दिनमा जोर नम्बर र विजोर दिनमा विजोर नम्बर सवारी साधन चलाउन पाइनेछ । 

जारी आदेशमा माघ ७ गते राति १२ बजेदेखि जोर-विजोर प्रणाली लागू हुने जनाइएको छ। यस्तै सवारी साधनमा सबैले अनिवार्य मास्क लगाएको हुनुपर्ने र सीटभन्दा बढी यात्रु राख्न नपाइने नियम राखिएको छ । 

1.jpg

2.jpg

3.jpg

4.jpg

5.jpg

 

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ४ : १७ बजे