काठमाडौं – मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाबीच गठबन्धन भएको छ ।
बिहिबार एमाले मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त विज्ञप्ति जारी गरी आफूहरुबीच गठबन्धन भएको जानकारी गराएका हुन् ।
जारी विज्ञप्तिमा एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साईकल छाप) लाई मतदान गर्ने सहमति भएको बताइएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन यही १२ माघमा हुने बताइएको छ ।
यस्तो छ संयुक्त विज्ञप्ति
२०७८ माघ १२ गते संपन्न हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेश का भावनालाई मध्यनजर राख्दै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बिचमा सहमति भएको छ । सो सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोकतान्त्रिक पार्टी नेपालका उम्मेदवार रुपा कुमारी यादव (साईकल छाप) लाई मतदान गर्न राष्ट्रिय सभाका मतदाता, नेता तथा कार्यकर्ताहरू, सम्पुर्ण समर्थक सुभेच्छकहरूका साथै सर्वसाधारण सबैमा अपिलका साथै जानकारीको लागि यो सयुक्त प्रेस बक्तव्य जारि गरिएको छ।
प्रतिक्रिया