जेठ ११, २०७९ बुधबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण लोकसेवा आयोगका लिखित परीक्षा स्थगित



काठमाडौं – लोकसेवा आयोगले लिखित परीक्षाहरू स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले कोरोनाभाइरसको बढ्दो संक्रमण र आयोगकै कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो। 

आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने लिखित परीक्षा स्थगित गरिएको जनाएको छ । यस्तै, फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षासमेत कम्तीमा सात दिनको पूर्वसूचना दिई पुन:तालिकिकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ ।

परीक्षा बाहेकका अन्य पूर्वनिर्धारित कार्यक्रम भने यथावत् रूपमा सञ्चालन हुने आयोगले जनाएको छ ।

l.jpg

 

 

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  १ : ३१ बजे