जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनबारे गगन थापाको यस्तो टिप्पणी  



काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक हुने बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत नेता थापाले सो कुरा गरेका हुन् । 

उनले स्थानीय तहको निर्वाचन पहिले प्रतिनिधिसभाको निर्वाचन गर्ने भनिएको बेला नेता थापाले यस्तो कुरा गरेका हुन् ।  

उनले लेखेका छन् – ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अतस्निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले संसदको गतिरोध हटाउन तयार नभएको भन्दै चुनावमा जाने बताइसकेका छन् । उनले स्थानीय चुनाव कात्तिकमा गर्ने प्रस्ताव पनि गरेका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवा पनि अहिले पहिले संसदको चुनाव गर्ने पक्षमा नै छन् । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने स्थानीय चुनाव पहिले गर्नुपर्ने बताउदै आइरहेका छन् । 

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ९ : ३३ बजे