काठमाडौं – कोरोना संक्रमित भएकी बलिउडकी दिग्गज गायिका लता मंगेशकरको अहिले अस्पतालमा उपचार भइरहेको छ । ९२ वर्ष पुगेकी लतालाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ ।
लताको आइसीयूमै उपचार भइरहेको छ तर स्वास्थ्यमा सुधार बारे डाक्टरले स्वास्थ्यलाभको कामना गर्न भेनेका छन् । लताका डाक्टर प्रतित समदानीले उनलाई अझै आईसियूमा नै राखेर उपचार गरिएको र स्वास्थ्यलाभको कामना गर्न भनेकी छन् ।
उनलाई कोरोनासँगै निमोनिया पनि देखिएकोले डाक्टरले सतर्क भएर उपचार गरिरहेका छन् । हाल उनलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ।
प्रतिक्रिया