जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ, अमेरिकाको बदला लिने चेतावनी



एजेन्सी – रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएकाे छ ।

रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् । 

रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिकलगायतका प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाले युक्रेनमाथि नयाँ हमला गर्न सक्ने बताएका छन् । 

युक्रेन विवाद बढ्दै गएको क्रेमलिनले बताउँदै गएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको विस्तार रोक्न रसियाले अमेरिकासँग माग गर्दै आएको छ । 
 

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ८ : ४० बजे