जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ होलीको अवसर पारेर रिलिज गरिने



काठमाडौं – बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘बच्चन पाण्डे’ लाई पनि कोरोनाभाइरसको प्रभाव परेको छ । फरहाद शामजीको निर्देशनमा बनेको यस फिल्म जनवरी २६ मा रिलीज हुने भनिएको थियो । 

तर भारतमा कोरोना बढ्न थालेपछि रिलिज मिति मार्च ४ मा पुर्याएको थियो। अब फिल्मको नयाँ रिलिज मिति पनि सार्वजनिक गरिएको छ । अब यो फिल्म मार्च १८ बाट रिलिज गर्ने तयारी गरिएको भारतिय मिडियामा जनाइएको छ । 

त्यस समय होलीको अवसर पर्ने हुनाले फिल्म रिलिज गर्न लागिएको बताइएको छ । यस फिल्ममा अक्षय ग्याङस्टारको भूमिकामा छन् । साजिद नादियाडवालाले निर्माण गरेको यस फिल्ममा अक्षयसँगै अभिनेत्री कृति सेननको पनि अभिनय रहेको छ । 
  

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ८ : १८ बजे