जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड प्रोटोकल पालना नभएमा त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाको निर्देशन  



काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड प्रोटोकल पूरा नभए त्रिभुवन विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएका छन् । 

बिहिबार प्रधानमन्त्री देउवाले त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् ।
 
प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री देउवाले परीक्षा परीक्षाहरुमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्टमात्रामा नभएको पाइएमा परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् । 

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ७ : २६ बजे