जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिडियाखानाका सिंहहरुमा पनि देखियो कोरोना संक्रमण, वैज्ञानिकहरु नै चकित  



काठमाडौं – विश्वभर पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यसैबीच मानिसमा मात्र नभई जनावरमा पनि कोरोना संक्रमण भएको समाचारहरु पनि आइरहेका छन् । 

केही समयअघि घरपालुवा बिराला र कुकुरमा कोरोना संक्रमण भएको समाचारहरु आएका थिए । दक्षिण अफ्रिकामा रहेको एक चिडियाखानामा सिंहलाई पनि कोरोना संक्रमण देखिएको छ । 

युनिभर्सिटी अफ प्रिटोरियाका वैज्ञानिकहरुको टोलीले गरेको अध्ययनमा चिडियाखानाका सिंहहरुमा संक्रमण देखा परेको हो । ट्रान्सडिसिप्लिनरी वैज्ञानिकहरूको टोलीले गौतेङको एक निजी चिडियाखानामा कोरोनाको लक्षण नदेखिएका संक्रमित चिडियाखानाका सञ्चालकहरूबाट संक्रमण भएको पत्ता लगाएको बताइएको छ । 

कोरोना संक्रमित भएका सिंहमा श्वासप्रश्वासमा समस्या, नाक बग्ने र सुख्खा खोकीको समस्या देखिएको छ । संक्रमित भएका सिंहहरुमाथि कडा निगरानी राखिएको बतायएको छ । 
 

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ३ : ५१ बजे