जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?



काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
 
निगमका अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमा ३–३ रुपैयाँले बढाएको हो ।  अब पेट्रोल लिटरको १ सय ३९ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १ सय २२ रुपैयाँ कायम भएको छ । 

यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले बढेको छ । अब यसको मूल्य लिटरको १०६ रुपैया कायम भएको छ । यस्तै अन्तर्राष्ट्रिय हवाइ इन्धन पनि लिटरमा एक सयले बढेर ९९५ रुपैयाँ अमेरिकी डलर कायम भएको छ । यो मूल्य बुधबार राती १२ बजेबाट लागू भइसकेको छ । 

nn.jpg

 

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ३ : १५ बजे