जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलिउडका यी कलाकार, जसको आफ्ना आमा-बाबुसँग अनुहार मिल्छ



काठमाडौं – बलिउड जोडी अजय देवगन-काजोलका जेठी छोरी नायस हालका दिनमा आफ्नो ग्ल्यामरस तस्बिरका कारण चर्चामा छिन् । नायसाले हालै कालो पहिरन लगाएकी थिइन्, जुन तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उनलाई आमा काजोलजस्तै देखिएको छ ।

त्यसो त नायसाअघि कैयौं स्टार किड्स परिवारका जस्तै देखिएका छन् । अभिनेता सैफ अलि खान र अमृता सिंहका छोरा इब्राहिम हुबहु पिता जस्तै देखिन्छन् । हालैमात्र इब्राहिमले एक फोटोसुट गराएका थिए, जुन तस्बिरमा उनी युवा सैफजस्तै देखिएका छन् ।

अमृता र सैफकी जेठी छोरी सारा अलि खान आमाजस्तै देखिन्छिन् । साराको तस्बिरको तुलना प्रायः अमृताको पुरानो तस्बिरसँग गरिन्छ ।

अभिनेता शाहरुख खान र पत्नी गौरीका छोरा आर्यन खान पूर्ण रूपमा पिता शाहरुखजस्तै देखिन्छन् । उनको सामाजिक सञ्जालमा अधिक फ्यान फलोइङ छ । आर्यनले फिल्म ‘कभी खुसी कभी गम’मा शाहरुखको बाल्यकालको भूमिकामा अभिनय गरिसकेका छन् ।

शर्मिला टैगोर र नवाब पटौदीकी छोरी सोहा अलि खानको अनुहार उनको आमा शर्मिलासँग मिल्छ । अभिनेत्री शिल्पा शेठ्ठीका छोरा वियान नौ वर्षका भए । यद्यपि उनको अनुहार आमा शिल्पासँग मिल्दोजुल्दो छ ।

‘हिरोपन्ती’बाट बलिउडमा डेब्यू गरेका अभिनेता टाइगर श्राफ भलै पिता ज्याकी श्राफजस्ता देखिँदैनन्, तर उनको लुक्स युवा ज्याकीसँग मिल्छ । कैयौं तस्बिरमा दुवै फोटोकपी जस्ता देखिन्छन् ।

अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी छोरी इशा देओल आमा हेमाजस्तै देखिन्छिन् । फिल्ममा पाइला चाल्दा इशालाई उनको आमासँग तुलना गरिएको थियो, यद्यपि उनको करियर आमाको जस्तो सफल हुन सकेन ।

अभिनेता रणवीर कपुर क्लिन शेवमा पिता ऋषि कपुरको कार्बन कपी देखिन्छन् । लोकप्रिय लेखक जावेद अख्तरका छोरा फरहानको लुक्स बाबुसँग मिल्छ । युवा जावेदको तस्बिरसँग तुलना गर्ने हो भने फरहान पिताजस्तै देखिन्छन् ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  १ : ४१ बजे