काठमाडौं – सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको बारे जानकारी गराएका हुन् । उनले पीसीआर परीक्षणको शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको बताए ।
यसअघि पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ लिँदै आएकोमा अहिले २ सय रुपैया घटाइएको हो । अब पीसीआर परीक्षणको शुल्क ८०० रुपैयाँ कामय गरिएको सहप्रवक्ता अधिकारीले बताए ।
अब निजी प्रयोगशाकारी प्रयोगशालालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउने उनले बताए ।
प्रतिक्रिया