काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३४३ जनामा काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा ५७८ जनामा कोरोना संक्रमण भएको हो ।
यसैबीच पछिल्लो २४ घण्टामा मुलुकभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । देशभरमा २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमित निको भएका छन् भने चार जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया